काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले लिखित रुपमा सर्वोच्चको फैसलाको पूर्ण पाठ नपाएसम्म आफु अदालतमा उपस्थित नहुँने उद्घोष गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी मनाङगेले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत मात्र थाहा पाएको बताउँदै आफु कतै फरार नभएको र फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि मात्र अदालतमा उपस्थित हुने जानकारी दिएका हुन्।
विज्ञप्तिमार्फत मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् । केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।
यद्यपि, उनले सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको स्वीकार गरेका छन् ।
‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समभारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ’ उनले भनेका छन् ।
