काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष साढे दुई अर्बभन्दा बढीको धान खरिद गर्ने भएको छ । कम्पनीले ‘महेन्द्रनगर, धनगढी, नेपालगन्ज, राजापुर, तुल्सीपुर लगायतका पश्चिम तराई क्षेत्रबाट ७ लाख ३० हजा क्विन्टल धान खरिद गर्न लागेको हो ।
खाद्यले खरिद गर्ने धान सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा नै खरिद हुने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
चालु वर्षका लागि सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ भने मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ ।
‘सोही मूल्यमा धान खरिद गर्न लागिएको हो’ सुवेदीले भनिन्, ‘तर, मसिनो तथा रैथाने धानको लागि भने प्राथमिक खरिद समितिले मूल्य निर्धारण गर्छ ।’
प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा प्रत्येक जिल्लामा प्राथमिक खरिद समिति गठन गरिएको हुन्छ । उक्त समितिमा कृषि कार्यालयको प्रतिनिधित्व पनि रहन्छन् । त्यो समितिले जुन रेट निर्धारण गर्छ, त्यो रेटमा हामीले धान खरिद गरिने सुवेदीले जानकारी दिइन् ।
धान बाली भित्र्याउने मुख्य सिजन यतिबेला देशभर धान काट्ने, चुट्ने र थन्काउने चटारो छ । छिटो रोपाइँ गरिएका क्षेत्रका किसानले धान बाली भित्र्याइसकेका छन् भने अन्य क्षेत्रका किसानले धान बाली भित्र्याउँदै छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटो रोपाइँ हुने भएकाले यहाँका किसानले धान बाली लगभग भित्र्याइसकेका छन् । बागमती, कर्णाली, मधेस, कोशी र गण्डकी प्रदेशका किसानले धान बाली भित्र्याउने क्रममा छन् ।