+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘रुकुम मैकोट’ डेढ महिनादेखि युट्युवको ग्लोबल ट्रेन्ड्रिङमा, ५ करोडभन्दा बढी पटक हेरियो

जनवाच
५ महिना अगाडी

काठमाडौं । युट्युवमा सार्वजनिक नेपाली फ्लिमी लोक शैलीको गीत ‘रुकुम मैकोट’ करिब डेढ महिनादेखि निरन्तर ट्रेन्ड्रिङमा रहन सफल भएको छ । फिल्म ‘खुस्मा’मा समावेश लोकशैलीको यो गीत असोज ६ गते सार्वजनिक भएको थियो । त्यस यता युट्युवमा समावेश यो गीत ८३ औं स्थानमा छ ।

एसडी योगीद्वारा संगीतबद्ध गीतलाई मंगलबारसम्म ५ करोडभन्दा धेरै पटक हेरिएको छ । झण्डै ९ हजार जति प्राप्त प्रतिक्रिया पनि सकारात्मक छ । यो गीत अहिले पनि टिकटक र रिल्समा उत्तिकै लोकप्रिय छ ।

युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ ।‘रुकुम मैकोटअसोज पहिलो साता ग्लोबल ट्रेन्ड्रिङको ५९ औं स्थानमा थियो । सुरुमा यो गीत ७३ औं स्थानमा थियो ।

लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाइरहेका छन् । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोमाथि विदेशीले पनि टिकटक बनाइरहेका छन् । यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ