+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांश

सोल्टी होटलद्धारा ३६ प्रतिशत लाभांश घोषणा, यस्तोछ बोनस शेयर र नगद लाभांश

जनवाच
५ महिना अगाडी

काठमाडौं । पाँचतारे होटल ‘सोल्टी होटल लिमिटेड’ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनी लाभग्राहीलाई ३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । होटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कूल ३६.८४२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

यो अघिल्लो वर्ष कम्पनीले वितरण गरेको लाभांशको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० को कारोबारबाट कम्पनीले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तुलनात्मक रुपमा पछिल्लो वर्ष होटलको कारोबार (व्यापारमा) राम्रो भएसँगै नाफा वृद्धिसँगै लाभांश वितरण समेत बढेको हो ।
प्रस्तावित लाभांश नियामक धितोपत्र बोर्डमार्फत स्वीकृत भएपनि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपनि शेयरधनीहरुमा वितरण गरिनेछ ।

योसँगै ओरिन्टियल होटल लिमिटेडले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

उसो त अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि कम्पनीले ५.२६३२ प्रतिशत नै लाभांश वितरण गरेको थियो । तर, यस वर्ष कम्पनीले बोनस नभएर नगद लाभांश मात्र वितरण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ