+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पार्टी प्यालेसबाट १० लाख नगदसहित १० जना जुवा खालबाट पक्राउ

जनवाच
५ महिना अगाडी
काठमाडौं। मोरङको एक पार्टी प्यालेसबाट १० लाख नगदसहित १० जना जुवाडे जुवा खेल्दाखेल्दै खालबाट पक्राउ परेका छन् ।
शुक्रबार राति  विराटनगर महानगरपालिका  ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् ।

उनीहरुबाट १० लाख ६ हजार ९९५ रुपैयाँ र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् ।
पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ