काठमाडौं । नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रम अन्तर्गत दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका विजेता तथा आयोजकलाई बेदकोट नगरपालिका ८ ले भव्य स्वागत गरेको छ । खेलमा सहभागि स्थानीय खेलाडी र आयोजकलाई वडा अध्यक्ष महेशराज जोशीले वडा कार्यालयमा स्वगत गरेका हुन् ।
हालैमात्र कन्चनपुरको बेदकोट नगरपालिकामा राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
विश्व बुद्धिचाल महासंघ फिडे र एशियन चेस फेडेरेशनको आयोजनामा सम्पन्न भएको दोस्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीलाई नगदसहित मेडल र ट्रफी प्रदान गरिएको नेपाल बुद्धिचाल महासंघका अध्यक्षका प्रत्यासी प्रबिणबहादुर भँडेलले जानकारी दिए ।
विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् भने उप विजेताले २० हजार, तृतीयले १४ हजार, चौथो हुनेले ९ हजार र पाँचौं हुनेले ६ हजार नगदसहित मेडल पाएका छन् । बाकी दशौं स्थान सम्म रहने प्रत्येक खेलाडीलाई ४/४ हजारको दरले पुरस्कार प्राप्त गरिएको आयोजकले जनाएको छ ।