+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिहार

आजबाट यमपञ्चक शुरु, धनतेरसको पुजा अर्चना गर्नुका साथै धातुका सामान खरिद गरिँदै

जनवाच
५ महिना अगाडी

काठमाडौं । कात्तिक त्रयोदशी अर्थात् आज धनतेरस, आजदेखि यमपञ्चक शुरु भएको छ । हिन्दु धर्मालम्बीहरुको महान चाडं दशैं लगत्तै आउने अर्को महत्वपूर्ण पर्व तिहारको आज पहिलो दिन हो । आज धन त्रयोदशी व्रत अर्थात् धनतेरसको ब्रत बस्ने गरिन्छ ।

खासरी पाँच दिन मनाइने यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरस यस दिन किनेका धातुका सामाग्रीहरु लक्ष्मी पुजाका दिन पुजा गरेकमा लक्ष्मी माता खुसी हुने र धन प्राप्त हुने जनविश्वास रहेको छ ।

धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पा सनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुने विश्वास छ । आजको दिन सुनचाँदीको असर्फी लिने गरिन्छ भने गच्छ अनुसार माटोको मूर्ति वा तस्बिर पनि किन्न सकिन्छ । धनतेरसको दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणा ले बढ्छ भन्ने मान्यता छ ।

विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो । त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ । भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ ।
बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे । बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे । शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे । त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए ।

तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने सङ्कल्प गरे । यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए । वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो । त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए ।

त्यसपछि वामनले बली राजासँग तीन पाइला जमिन मागे । तीन पाइलामा उनले तीनै लोक ओगटिदिए । सबै जमिन र सम्पत्ति आफ्नो बनाए र देवताको लुटिएको धन फिर्ता गरिदिए । यो क्रममा देवताहरूले यसअघि लुटिएकोभन्दा १३ गुणा बढी धन फिर्ता पाएको भन्ने मान्यता छ । सोही कारण आजको दिनमा कुनै सामान किन्नेले राम्रो प्रतिफल पाउँछ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ