+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन मन्त्री पाण्डेले भने– सरकारले नीतिगत र संरचनागत वातावरण बनाउछ, तपाईहरु लगानी ल्याउनुस्

जनवाच
५ महिना अगाडी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा जतिसक्दो लगानी ल्याउन गैर आवासीय नेपाल संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । सरकारले नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताउनु मन्त्री पाण्डेले लगानीको उपयुक्त वातावरण बन्दै गएकोमा लगानी भित्र्याउन सहयोग गर्न एनआरएनएसँग आग्रह गरेका हुन् ।

राजधानीमा आइतबारदेखि जारी एनआरएनएको वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए।
‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौं । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं । तपाईहरुले सहयोग गर्नुहोस् । लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ’ उनले भने ।

सोही अवरमा मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारिएको समेत जानकारी दिए । संसदको आगामी अधिवेशनबाट ऐनहरु आउने र नेपाली आकाश सुरक्षित रहेको सन्देश विश्वमा दिन ईयूको कालो सूचिबाट समेत हटाउन पहल गरिने उनले बताए ।

‘नेपाली आकाश अब छिट्टै ईयूको कालो सूचिबाट हट्दैछ । इयुले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ