+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेडिकेटेड र ट्रंक लाइन विवाद

सर्वोत्तम सिमेन्टसहित थप तीनवटा उद्योगले तिर्यो बक्यौता, प्राधिकरणले जोडिदियो विजुली

जनवाच
५ महिना अगाडी

काठमाडौं। डेडिकेटेड र ट्रंकलाइ विद्युत उपभोग गरेका बापत महशुल नतिर्ने उद्योगको लाइन विद्युत प्राधिकरणले धमाधम काट्न थालेपछि बाध्य भएर आधा दर्जन उद्योगले बक्यौता तिरेका छन् । बिहीबार बेलुका ४३ वटा उद्योगको लाइन काटिएकोमा भोलिपल्ट नै बुटवलका दुईवटा उद्योगले बक्यौता रकम तिरेका थिए ।

विद्युत महशुलको विवादमा प्राधिकरणले तत्काल लाइन जोड्ने संकेत नदेखाएपछि आइतबार थप तीनवटा उद्योग बक्यौता तिरेका छन् । विद्युत प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टसहित तीनवटा उद्योग बक्यौता रकम तिर्न तयार भएको हो ।

भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले पूरै बक्यौता तिरेको छ । यस उद्योगको नाममा २ लाख ५ हजार रुपैयाँ बक्यौता थियो ।
यसैगरी सर्वोत्तम सिमेन्टले बक्यौताको पहिलो किस्तावापत् ३७ लाख रुपैयाँ बुझाएको छ । यस उद्योगको कूल बक्यौता रकम ११ करोड ९६ लाख रहेको र बक्यौता रकम किस्तामा तिर्न पाउने सुविधा अनुसार उद्योगले पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।
अर्को एउटा उद्योगले भने नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै बक्यौता रकम भुक्तान गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ