+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकनोट

चुच्चे नक्सा समेटेर नयाँ नोट छाप्दै सरकार, ठेक्का चिनियाँ कम्पनीलाई

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको रु.१०० दरका नयाँ बैंकनोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले रु १०० दरका तीन सय मिलियन अर्थात् ३० करोड थान नयाँ बैंकनोट छापाइ गर्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मेन्टेनिक कर्पोरेशन, चाइनालाई दिएको हो ।

नोट छपाई, ढुवानी तथा व्यवस्थापनका लागि भएको अन्तर्राष्ट्रिय बोलकबोलमा चिनियाँ कम्पनी छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ । कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्नेछ ।

यसअघि विवादकैबीच रु.१०० को नेपाली बैंक नोट नछापिएको भन्ने आशंकाकाबीच अन्ततः केन्द्रीय बैंकले चुच्चे नक्सासहितकै नेपालको नक्सा अंकित बैंक नोट छाप्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम नै चुच्चे नक्साहित बैंक नोट छाप्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले नेपाल–भारतको विवादित पश्चिमी सीमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा (चुच्चे नक्स) सार्वजनिक गरेसँगै भारत रुष्ट बन्दैआएको छ । थप नोटमा अंकित नक्सामा समेत चुच्चे नक्सा समावेश गरिँदा भारत थप रुष्ट बन्ने र दुई देशबीचको सद्भाव विग्रिन सक्ने भन्दै विभिन्न कोणबाट बहस चलिरहेको थियो । यसैकारण दशैंअघि केन्द्रीय बैंकले नयाँ नोट नछापेको भन्ने तर्कहरु पनि गरिएको थियो । तर, दशैं लगत्तै केन्द्रीय बैंकले नेपालको नक्सा समावेश भएको सयको नोट चुच्चे नक्सासहित छाप्ने तयारी गरेको हो ।

गत वैशाख, २०८१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारले चुच्चे नक्सासहित नयाँ बैंकनोट जारी गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ