काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध वृहत् जनप्रदर्शन गरेको छ । नेपाली काँग्रेस- नेकपा ऐमाले गठबन्धनको सरकारले जनपक्षीय काम गर्न नसकेको बरु व्याप्त भ्रष्टाचार र अनियमितता बढेको भन्दै सो विरुद्ध माओवादी केन्द्रले शनिबारदेखि राजधानीमा आन्दोलन शुरु गरेको हो ।
शनिबारदेखि शुरु भएको सरकार विरुद्धको सडक संघर्ष क्रमश: देशव्यापी बनाउने माओवादी केन्द्रले जनाएको छ ।
यस्तो देखियो माओवादी केन्द्रको सरकार विरुद्धको आन्दोलन:


