+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘यो माया बनाउने को हो ?’ छक्कापञ्जा ५ को नयाँ गीत सार्वजनिक

जनवाच
५ महिना अगाडी

काठमाडौं। गत असोज २३ गतेदेखि देशैभरी प्रदर्शनमा आएको ‘छक्कापञ्जा ५’ फिल्मको नयाँ गीत ‘यो माया बनाउने को हो ?’ सार्वजनिक भएको छ । फिल्मले प्रदर्शनको तेस्रो साता प्रवेश गरेपनि सोही फिल्मभित्रको रोमान्टिक गीत भने भर्खर मात्र सार्वजनिक गरिएको हो ।

शम्भुजीत बास्कोटाको संगीतमा तयार भएको गीतमा कृष्णहरि बरालको शब्द र निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ।

गीतको भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । फिल्मभित्र अभिनेता गिरी र अभिनेत्री सिवाकोटीको सम्बन्ध स्थापनाको कथावस्तुमा यो गीतको प्रयोग भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ