+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘बजाज मोटरसाइकल साटासाट योजना’ शुरु

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटासाटको आकर्षक योजना बिहीबारदेखि शुरू गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटासाट गर्न सकिने कम्पनीले जनाएको छ।

योजना सार्वजनिक गर्दै हंसराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने ‘बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।’

८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने समेत कम्पनीले बताएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ