काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसका लागि आगामी कात्तिक ११ गतेदेखि १४ गतेसम्म सुनचाँदीको असर्फी बिक्री खुला गर्ने भएको छ । कात्तिक कृष्ण पक्ष तिथी, धनतेरस अर्थात् धनवन्तरी त्रयोदशीका दिन सुनचाँदीका असर्फी, सिक्का, मेडालियन तथा स्मारिकाको उच्च माग हुने हुँदा गत वर्षहरुमा जस्तै यसवर्ष पनि केन्द्रीय बैंकले सुनचाँदीका असर्फीहरुको बिक्री खुला गर्न लागेको हो ।
यसपटक धनतेरस कात्तिक १४ गते परेको छ । धनतेरसको अघिल्लो दिन कात्तिक १३ गते एकदिन मात्र सुनको असर्फी बिक्री गर्ने जनाएको केन्द्रीय बैंकले एक व्यक्तिले २.५ ग्रामको एक थान मात्र सिक्का किन्न पाउने जनाएको छ ।
तर, चाँदीको स्मारिका तथा मेडालियनको बिक्री भने २०८१ कार्तिक ११ देखि १४ गतेसम्मै चार दिन विहान ११ बजे देखि मध्यान्न ४ बजेसम्म बिक्री खुल्ला गरिने केन्द्रीय बैंकले जनाएको छ । चाँदीका असर्फी, सिक्का, स्मारिका तथा मेडालियन भने प्रति व्यक्ति बढीमा पाँच थानसम्म ९गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येवाट० विक्री गरिने बैंकले जनाएको छ ।
तर, सुनका असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि खरिदकर्ताले अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि ल्याउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ । सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने सुनको मूल्य अनुसार निर्धारण गरिने भएकोले सोही दिन ११ बजे पश्चात् मात्र विक्री सुरु गरिने बैंकले जनाएको छ ।