+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेडिकेटेड/ट्रङ्कलाइन विवाद

विद्युत महसुल तिर्न प्राधिकरणले उद्योगीलाई दिएको १५ दिनको अल्टिमेटम आज सकिँदै

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनमार्फत विद्युत् प्रयोग गरी महसुल नतिर्ने उद्योगीलाई बक्यौता तिर्न दिएको अल्टिमेटम आज सकिँदै छ । यसै विषयमा छलफल प्राधिकरणको बोर्ड बैठक अहिले बैठक बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान ९ बजेलाई बोलाइएको प्राधिकरणले जनाएको छ ।
बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणले २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुनबमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीले बिजुलीको महसुल तिर्न अटेर गर्दै आएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ