+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन महिनामा ६ अर्ब ११ करोडको विजुली गाडी नेपाल भित्रियो

जनवाच
५ महिना अगाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब ११ करोड रुपैयाँमाथिको विजुली गाडी (ईभी) आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासको आयात निर्यातको तथ्यांक अनुसार असोज मसान्तसम्म ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको २ हजार ५१८ वटा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरका २ हजार १३५ वटा विद्युतीय गाडी आयात भएका थिए ।

त्यसो त चालु आर्थिक वर्षको बजेटले ईभीको भन्सारसँगै अन्तःशुल्क बढाएसँगै राजस्वमा केही सुधार भएको छ । गत वर्ष ५ अर्ब १७ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी आयात हुँदै गर्दा जम्मा दुई अर्ब २४ करोड २१ लाख रुपियाँ राजस्व संकलन भएको थियो । तर, यस वर्ष ६ अर्ब ११ करोड रुपैयाँ बराबरको विजुली गाडी आयात हुँदैगर्दा ३ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

कुन वर्गको कति गाडी आयात भए ?

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी ५०–१०० किलोवाट मोटर क्षमताका एक हजार ५८२ वटा ईभी गाडी भित्रिएका छन् ।
५० किलोवाटसम्मका ७७२ वटा गाडी भित्रिराख्दा सय किलोवाटमाथिका जम्मा १६४ वटा मात्र भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ