काठमाडौं । सिप्रदी ग्रुप अप कम्पनीले काभ्रेपलान्चोकका बाढी पीडित दुई सय घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । सामाजिक उत्तरअदायित्व अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर १२ का बाढी पीडित २०० घरपरिवारलाई राहत सामग्री प्रदान गरेको हो ।
राहत स्वरुप संस्थाले प्रती घरपरिवार सिरक १ थान, डसना १ थान, सिरानी २ थान, तन्ना १ थान, झूल १ थान, मेट्रेक्स १ थान दिनुका साथै प्रतिपरिवार खाना पकाउने कूकर १ थान, थाल ४ थान लगायत कराइ, जग, बाल्टिन, पनियो १–१ थान का दरले प्रदान गरिएको जनाएको छ ।
उक्त राहत सामग्री बनेपा नगरपालिका मेयर शन्ती रत्न शाक्य र सोही वडाका वडा अध्यक्ष जयराम के सिको रोहोवरमा संस्थाको तर्फबाट सह अध्यक्ष निलिमा राणाले प्रदान गरेकी हुन् ।
राहत वितरण कार्यक्रममा कम्पनीका वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल , महासचिव राजेश प्रसाद गिरी, सहसचिब शारदा राणा, सिप्रदी अटो पार्ट्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
