काठमाडौं। सरकारद्वारा सार्वजनिक ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अवधारणा पत्र’का विभिन्न पक्षमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम हिजो काठमाडौंमा सम्पन्न भयो। कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) द्वारा आयोजित कार्यक्रममा विज्ञहरूले अवधारणा पत्रको स्वागत गर्दै डेटा स्ट्यान्डर्डाइजेसन, डेटा संरक्षण, र तीन तहका सरकारहरूको भूमिकाबारे स्पष्ट उल्लेख नहुँदा महत्वपूर्ण विषय छुटेको टिप्पणी गरे।
नेपाल खुला विश्वविद्यालयका भोजराज घिमिरे, डिजिटल राइट्स नेपालकी सन्जिना क्षेत्री, र नेपाल प्रहरीका पूर्व डीआईजी राजीव सुब्बालगायतले एआई नियमनका पक्षमा विचार राखे। क्यान महासंघले छलफलका सुझावहरू समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने योजना बनाएको छ।