+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामाजिक सुरक्षामा लाग्ने कर हटाउन माग

जनवाच
६ महिना अगाडी

काठमाडौँ। श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन सरोकारवालाहरूले माग गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले श्रमिकहरूको सामाजिक सुरक्षामा लाग्ने करको बोझ हटाउन नीतिगत हस्तक्षेप आवश्यक भएको बताएका हुन्।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षामा कर लागिरहेको बताउँदै यसको समाधान खोज्नुपर्ने कुरा उठाए। उनले श्रमिकहरूले कार्यरत हुँदा कर व्यहोर्नुपर्ने र उपदान कोष फिर्ता गर्दा पनि कर तिर्नुपर्ने दोहोरो करको समस्या रहेको उल्लेख गरे।

उनले जोड दिँदै भने, ‘करको कुरामा नीतिगत हस्तक्षेप आवश्यक छ। सामाजिक सुरक्षामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कर लागिरहेको छ। अवकाश कोषमा पनि कर लाग्ने समस्या छ, जुन नीतिगत रूपमा सम्बोधन गरिनुपर्छ। श्रमिकहरूले काम गर्दा त कर तिर्ने तर उपदान कोष फिर्ता लिँदा फेरि कर तिर्नुपर्ने अवस्थाले दोहोरो करको बोझ परेको छ। यो समस्या समाधान गर्न नीतिमार्फत कदम चाल्नुपर्छ।

सरोकारवालाहरूले श्रमिकहरूको हितलाई ध्यानमा राख्दै सामाजिक सुरक्षामा लाग्ने करको पुनरावलोकन गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ