+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

 विदेशी मुद्राको विनिमय दर यस्तो आजको छ

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १९ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। पछिल्लो समय अमेरिकी डलरको मूल्य निरन्तर उकालो लाग्दै गएको देखिन्छ। आजको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४६ पैसा र बिक्री दर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार, युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ २१ पैसा र बिक्री दर १४७ रुपैयाँ ८५ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १७६ रुपैयाँ ८८ पैसा पुगेको छ।

स्वीस फ्र्याङ्कको खरिद दर १५४ रुपैयाँ ५९ पैसा र बिक्री दर १५५ रुपैयाँ २७ पैसा रहेको छ भने अष्ट्रेलियन डलरको खरिद दर ८५ रुपैयाँ २४ पैसा र बिक्री दर ८५ रुपैयाँ ६१ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७७ पैसा र बिक्री दर ९५ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रुपैयाँ ५७ पैसा र बिक्री दर १०२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा पुगेको छ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४४ पैसा र बिक्री दर३७ रुपैयाँ ६० पैसा तोकिएको छ।

युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिद दर ४४२ रुपैयाँ ५६ पैसा र बिक्री दर ४४४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केही फरक हुनसक्ने हुँदा अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ