+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

उदयपुरमा ३५ किलो गाँजासहित एक पक्राउ, अटोबाट ओसारपसार हुँदै

जनवाच
२ हप्ता अगाडी

काठमाडौं  चैत १९ – जिल्ला प्रहरी कार्यालय उदयपुरले ३५ किलोभन्दा बढी गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। कटारी नगरपालिका–४ स्थित खानेपानी ट्याङ्की नजिकैबाट उनलाई पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उदयपुरको आहालेबाट कटारी बजारतर्फ जाँदै गरेको प्रदेश २(०१००१ ह ११२६ नम्बरको अटोबाट गाँजा बरामद गरेको हो। गाँजा बोरामा पोको पारेर ओसारपसार गरिँदै थियो।

पक्राउ पर्ने व्यक्ति कटारी नगरपालिका–५ का २९ वर्षीय प्रेम बहादुर श्रेष्ठ रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार गाँजा ओसारपसारको स्रोत, संलग्न अन्य व्यक्तिहरू र आपूर्ति सञ्जालबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ