+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

इरान-अमेरिका तनाव उत्कर्षमा: ट्रम्पको चेतावनी, सम्झौता नगरे बम आक्रमणको सामना गर्ने तयारी गर

जनवाच
२ हप्ता अगाडी

काठमाडौँ  १९ चैत – इरान र अमेरिकाबीचको कूटनीतिक तनाव झनै चुलिँदै गएको छ। अमेरिकाले करिब ५० हजार सैनिक इरानको वरिपरि तैनाथ गरेको खुलासा इरान स्वयंले गरेको छ।

इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी) का एक उच्च अधिकारीका अनुसार अमेरिकाले इरानलाई चारैतिरबाट घेराबन्दी गरेको छ। आईआरजीसीका एयर स्पेस डिभिजन प्रमुख ब्रिगेडियर जनरल अमीर अली हाजिजादेहले अमेरिकी सैनिकहरू ‘सिसाको घरमा बसेका छन्’ भन्दै ती सैनिकहरू सजिलै निशानामा पर्न सक्ने चेतावनी दिएका छन्।

ईद अल-फित्रको अवसरमा बोल्दै हाजिजादेहले अमेरिकी सैनिकहरूको उपस्थिति इरानको सुरक्षाका लागि गम्भीर विषय भएको बताए। “अमेरिकाले इरान वरिपरि १० वटा सैन्य अड्डा बनाइसकेको छ। यी अड्डाहरूमा ५० हजारभन्दा बढी सैनिक छन्।

तर, उनीहरूलाई बुझ्न जरुरी छ कि सिसाको घरमा बस्नेले अरुलाई ढुंगा हान्नु हुँदैन,” उनले भने। अबको स्थिति कूटनीतिक वार्ताले समाधान गर्नेछ कि सैन्य झडपतर्फ जान्छ, त्यसमा ध्यान केन्द्रित भएको छ उनले आइतबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा भने, “यदि इरानले सम्झौता गरेन भने त्यहाँ भयानक बम विस्फोट हुनेछ।”

ट्रम्पको यस अभिव्यक्तिपछि इरानी अधिकारीहरू आक्रोशित भएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले ट्रम्पको धम्कीलाई अन्तर्राष्ट्रिय शान्तिप्रति अपमानजनक भन्दै कडा प्रतिक्रिया दिएका छन्।

हाल इरान-अमेरिका सम्बन्ध अत्यन्त तनावपूर्ण अवस्थामा पुगेको छ। इरानी अधिकारीहरू अमेरिकाको सेनालाई निशाना बनाउन सक्ने चेतावनी दिइरहेका छन्, भने अमेरिका आफ्नो प्रभाव क्षेत्रमा सैनिक तैनाथ गरेर इरानलाई दबाब दिने रणनीतिमा देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ