+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

तिनकुनेमा लगायेको कर्फ्यु हटाइयो

जनवाच
३ हप्ता अगाडी

काठमाडौं  – प्रशासनले हिंसात्मक प्रदर्शनपछि जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो, जसले काठमाडौंमा सामान्य अवस्था फर्किने संकेत देखिएको छ।

शुक्रबार राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले काठमाडौंको तीनकुने क्षेत्रमा राति १० बजेसम्मका लागि पहिलो पटक कर्फ्यु आदेश जारी गरेको थियो। तर, स्थिति थप बिग्रिएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानमा कर्फ्यु लगाउनुपरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ