+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप, लिङ्देनको सरकारप्रति कडा आपत्ति

घिसिङको बर्खास्तीपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विरोधको लहर उठेको छ। सत्तारुढ दलभित्रै असन्तुष्टि देखिँदा विपक्षी दलहरूले समेत सरकारको निर्णयलाई अस्वाभाविक भन्दै प्रश्न उठाइरहेका छन्।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, १२ चैत – नेपाल विद्युत् प्राधिकरणको नेतृत्व फेरबदल गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको यो कदमलाई ‘प्रतिगमन’ को संज्ञा दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै लिङ्देनले सरकारको निर्णयलाई ऊर्जा क्षेत्रमा अस्थिरता ल्याउने खतरनाक कदम भनेका छन्।

“नेपाल विद्युत् प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट निम्त्याउने खतरा बढेको छ,” लिङ्देनले बताएका छन्। उनले सरकारको यो निर्णयको व्यापक विरोध गर्न आम जनतासमक्ष अपिल पनि गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ