+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कमल थापाद्वारा नवराज सुवेदी नेतृत्वको आन्दोलनलाई समर्थन, पार्टी प्रतिनिधि तोकियो

राप्रपा नेपालले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान संविधानमै आवश्यक संशोधन गरी सनातन हिन्दुराष्ट्रको अवधारणा स्थापित गर्न सकिने धारणा व्यक्त गरेको छ ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, ५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नवराज सुवेदी नेतृत्वको राजावादी आन्दोलनलाई औपचारिक समर्थन जनाएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुवेदी नेतृत्वको आन्दोलनलाई मान्यता दिँदै आन्दोलनमा पार्टीको तर्फबाट उपाध्यक्ष तारानाथ लुईटेललाई प्रतिनिधि तोकेको छ ।

बैठकले सुवेदी नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई समर्थन गर्दै हिन्दुराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी र सुशासनको प्रवर्द्धनलाई प्राथमिक एजेण्डा बनाउने निर्णय गरेको छ ।

राप्रपा नेपालले विगत दुई दशकको राजनीतिक प्रणालीले देशलाई अस्थिरताको भूमरीमा फसाएको आरोप लगाउँदै, राजसंस्थासहितको लोकतन्त्रलाई पुनःस्थापित गर्न सबै समान विचारधाराका समूहहरूसँग सहकार्यको आवश्यकता रहेको बताएको छ ।

पार्टीले जनआन्दोलन समितिद्वारा घोषित आगामी आन्दोलनका कार्यक्रममा पूर्ण सहभागिता जनाउन सबै तहका संरचनाहरूलाई निर्देशन दिँदै, यो आन्दोलन कुनै व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि नभई देशको स्थायित्व र समृद्धिको लागि भएको दाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ