काठमाडौं – नेपाली उद्योग क्षेत्र र उद्यमशीलतामा महिलाको भूमिका प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघले ‘दोस्रो अन्तर्राष्ट्रिय वुमन लिडरसिप समिट २०२५’ आयोजना गर्न लागेको छ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सम्पन्न हुने यो सम्मेलन आगामी चैत्र ३ गते काठमाडौंमा आयोजना हुनेछ।
सीएनआई वुमन लिडरसिप फोरमको संयोजनमा हुन लागेको सम्मेलनले महिला नेतृत्व, प्रविधि, उद्यमशीलता, दिगो कृषि, लगानी, र सामाजिक रूपान्तरणका विविध पक्षमा केन्द्रित भएर बहस गर्नेछ।
सम्मेलनका मुख्य विषयहरूस्
प्रविधि र नवप्रवर्तनमा महिलाको भूमिका
दिगो कृषि क्षेत्रमा महिलाको सहभागिता
महिलामा लगानीका अवसरहरू
सीमितताका बाधा तोड्दै नेतृत्व लिने क्षमता
सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवालका अनुसार यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सफल महिला नेतृत्वलाई एउटै मञ्चमा ल्याएर नीति निर्माण र रूपान्तरणकारी छलफलको अवसर प्रदान गर्नेछ। वुमन लिडरसिप फोरमकी सभापति छाया शर्माले करिब ५ सय जना महिला उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका अग्रणी व्यक्तिहरूको उपस्थिति रहने बताइन्।
महिला नेतृत्वलाई सशक्त बनाउने उद्देश्यसँगै, सम्मेलनमा ‘मेक इन नेपाल’ अभियानअन्तर्गत स्वदेशी उत्पादनको प्रदर्शनी पनि गरिनेछ।
प्रायोजक तथा सहकार्यकर्ता संस्थाहरू,टाइटल स्पोन्सरस् नबिल बैंक
पावर्ड बाईस् एशियाली विकास बैंक
अन्य सहयात्री संस्थाहरूस् नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू बृद्धि मोटर्स, डाबर नेपाल, यूनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वर्ल्डलिंक कम्युनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इन्क्लुसिभ फ्यूचर फाउण्डेसन।
यो सम्मेलनले नेपाली महिलाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न प्रेरणा दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
