+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

महिलाको संघर्ष र योगदानको सम्मानमा अन्तर्राष्ट्रिय नारी दिवस

समाजमा महिला र पुरुष समान रूपमा अगाडि बढ्न पाउनुपर्छ। नारी दिवस एक दिवसीय उत्सव मात्र नभएर हरेक दिन महिलालाई सम्मान र समान अवसर प्रदान गर्ने प्रेरणा बन्नुपर्छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । आज संसारभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ। प्रत्येक वर्ष मार्च ८ का दिन महिलाहरूले सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप यो दिवस मनाइन्छ।

यस वर्षको नारी दिवसलाई विशेष बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम, गोष्ठी, र्‍याली तथा सम्मान कार्यक्रमको आयोजना गरिँदैछ। महिलाको हक, अधिकार, समानता र सशक्तीकरणका विषयमा छलफल गरी उनीहरूको सहभागिता अझ दरिलो बनाउन प्रेरित गरिँदैछ।

सन् १९०८ मा न्यूयोर्कमा १५ हजारभन्दा बढी महिलाहरूले कार्यस्थलमा सुधार, न्यूनतम तलब र मतदान अधिकारका लागि प्रदर्शन गरेका थिए। सोही संघर्षकै जगमा सन् १९१० मा डेनमार्कमा आयोजित अन्तर्राष्ट्रिय महिला सम्मेलनमा नारी दिवस मनाउने प्रस्ताव पारित भएको थियो। सन् १९११ मा पहिलो पटक अष्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा यो दिवस औपचारिक रूपमा मनाइयो।

रुसमा सन् १९१७ मा महिलाहरूले ‘रोटी र शान्ति’को माग गर्दै आन्दोलन गरेपछि त्यहाँको सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो। त्यसपछि सन् १९७५ मा संयुक्त राष्ट्रसंघले यस दिनलाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मान्यता दियो।

महिला अधिकारको कानूनी संरचना बलियो भए पनि व्यवहारिक रूपमा अझै धेरै सुधार आवश्यक छ। नारी दिवस महिलाको उपलब्धि मात्र होइन, चुनौतीहरू पहिचान गर्दै समाधान खोज्ने अवसर पनि हो। शिक्षा, स्वास्थ्य, समान ज्याला, लैङ्गिक हिंसा न्यूनीकरण तथा नीति निर्माणमा महिलाको सहभागिता वृद्धि गर्न विशेष पहल आवश्यक छ।

नेपालमा पनि आज विभिन्न संघसंस्थाहरू, सरकारी तथा गैरसरकारी निकायहरू, महिला अधिकारकर्मी तथा सरोकारवाला पक्षहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महिलाको सशक्तीकरणमा जोड दिइँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ