+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

जबरजस्ती करणी आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

जनवाच
१ महिना अगाडी

स्याङ्जा, फागुन २२ – नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका अनुसार, कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। फागुन २ गते कास्की अदालतले जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि गिरीलाई पक्राउ गर्न आदेश दिएको थियो।

त्यसअनुसार पुतलीबजार नगरपालिका–१४ स्थित आफ्नै निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ