+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्स्योरेन्स

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ खुला: सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २२ – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने स्वीकृति प्राप्त गरेको कम्पनीले यसअघि नै वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ। साथै, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

अब बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्, तर सो अवधिमा माग पूरा नभएमा आवेदन अवधि चैत ७ गतेसम्म लम्बिन सक्छ।

  • लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
  • आवेदन दिन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणाली प्रयोग गर्न सकिनेछ।
  • यस आइपीओको बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ।

  • यस रेटिङअनुसार कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको देखिन्छ।
  • इक्रा नेपालले २०७८ भदौ ७ गते दिएको रेटिङ २०८२ भदौ ५ गतेसम्म लागू रहनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ