+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा सुनुवाइ आज

जनवाच
१ महिना अगाडी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विचौलिया बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। झाको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ।

झालाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। तर, उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि झाले अन्ततः माघ २ गते सर्वोच्च अदालत गुहारेका थिए।

माघ ३ गते पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। झा पहिलो अभियोगपत्र दायर हुनु अघि फरार रहेका थिए, तर भारतबाट पक्राउ गरी नेपाल ल्याएपछि पूरक अभियोगपत्र दर्ता गरिएको थियो।

झाको निवेदनमाथि सर्वोच्च अदालतको निर्णयले शरणार्थी प्रकरणमा थप नयाँ मोड आउन सक्ने कानुनी जानकारहरू बताउँछन्

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ