काठमाडौं – महाशिवरात्रि पर्वको रौनक बढ्दै जाँदा पशुपति क्षेत्रलाई विशेष रूपमा साजसज्जा गरिएको छ। धार्मिक आस्थाको केन्द्र मानिने पशुपति मन्दिर क्षेत्र झिलिमिलि बत्ती र फूलका सजावटले थप आकर्षक देखिएको छ।
बत्तीको झिलिमिली र भव्य सजावट
पशुपति क्षेत्रका विभिन्न स्थलहरू – वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर परिसर, घाट क्षेत्र, राममन्दिर र मृगस्थली – रंगरोगन र झिलिमिली बत्तीले सजाइएका छन्। विशेषगरी नेपालकै झन्डाको आकारमा बनाइएका बत्तीहरूले भक्तजनहरूको ध्यान आकर्षित गरिरहेको छ।
महोत्सवको तयारी तीव्र
महाशिवरात्रि पर्व व्यवस्थापनका लागि २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ, जसको संयोजकत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे ले गरेका छन्। समितिअन्तर्गत नौवटा उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याइएको छ।
व्यवस्थापनका लागि छुट्टै उपसमिति
सुरक्षा व्यवस्था : कोषका सदस्य सचिव मिलनकुमार थापा
स्वयंसेवा परिचालन : परिषद् सदस्य हरिप्रसाद ढकाल
स्वास्थ्य सेवा : परिषद् सदस्य शिक्षित पराजुली
धार्मिक कार्यक्रम तथा साधुसन्त व्यवस्था : डा. भरतप्रसाद बडाल
प्रचारप्रसार तथा साजसज्जा : राजुकुमार खत्री
आवास/भोजन तथा भौतिक पूर्वाधार : बाबुशरण सुवेदी
मन्दिर दर्शन तथा रात्रीकालीन व्यवस्था : रामेश्वर सँगत
पर्यावरण, सरसफाइ तथा जुत्ता/चप्पल व्यवस्था : रेणुका पराजुली
महाशिवरात्रि सचिवालय : सुभाषचन्द्र जोशी
यस भव्य तयारीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा हजारौं श्रद्धालु भक्तजनहरूको आगमनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। धार्मिक आस्था, भव्य साजसज्जा र उत्कृष्ट व्यवस्थापनका कारण यसपालिको महाशिवरात्रि विशेष रहने विश्वास गरिएको छ