काठमाडौं, १० फागुन – हाल देशभर पश्चिमी वायू र न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्छ।
- सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
- देशका केही पहाडी क्षेत्रमा हल्का वर्षा सम्भावना।
- उच्च पहाडी तथा हिमाली भू-भागमा केही स्थानहरूमा हल्का हिमपातको सम्भावना।
- पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
- बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
- कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।