+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्कृष्ट महानगर

प्रचण्ड पुत्री रेणुले नेतृत्व गरेको भरतपुर महानगरपालिका लगातार तेस्रो पटक उत्कृष्ट

जनवाच
२ महिना अगाडी

काठमाडौं । ६ वटा महानगरपालिकाहरु मध्ये भरतपुर महानगरपालिका देशकै उत्कृष्ट घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको हो ।

यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो । यस महानगरको नेतृत्वमा पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कि छोरी रेणु दाहाल छिन् ।

उनको नेतृत्वमा भरतपुर महानगरले विकास, सुशासन तथा जनविश्वासमा उत्कृष्ट काम गरिरहेको छ । यसवर्ष भरतपुर महानगरले कूल १०० पूर्णाङ्कमा ७६.२ अंक पाएको छ ।

यस्तै आयोगले सार्वजनिक गरेको रिपोर्ट अनुसार बिराटनगर महानगर दोस्रो र ललितपुर महानगर तेस्रो भएको छ ।
विराटनगर महानगरले ७३.५ अंक पाउँदा ललितपुर महानगरले ६६.७ अंक पाएको छ ।

यस्तै, काठमाडौँ महानगरले ५४.३ अंक पाएको छ भने, पोखरा महानगरले ५१.५ अंक र वीरगञ्ज महानगरले ४३.१ अंक प्राप्त गरेका छन् ।

आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरू मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायत पर्छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ