+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

International WomenÚs Championship को एक्सक्लुसिभ टिकटिङ पार्टनर ’खल्ती’ ले अनलाइन टिकट गर्यो खुल्ला

जनवाच
२ महिना अगाडी

काठमाडौंको दशरथ रंगशालामा फेब्रुअरी १७ देखि २६ सम्म अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उत्सुकता बढ्दै छ। यस प्रतिष्ठित फुटबल प्रतियोगितामा नेपाल, म्यानमार, लेबनन र किर्गिस्तानका राष्ट्रिय महिला टोलीहरूले सहभागिता जनाउनेछन्।

नेपालको अग्रणी डिजिटल वालेट खल्ती यस आयोजनाको आधिकारिक टिकटिंग साझेदार बनेको छ। प्रशंसकहरूले खल्ती एपमार्फत सजिलै टिकट किन्न सक्नेछन्। खल्ती एपको केही ट्यापमा टिकट सुरक्षित गरी उत्कृष्ट खेलहरूको अनुभव लिन सकिनेछ। दैनिक साधारण टिकट ५०० रुपैयाँ र भिआइपी टिकट १,००० रुपैयाँमा उपलब्ध छ। पहिलो २,००० साधारण टिकट किन्ने प्रशंसकहरूलाई खल्ती वालेटमा १५० रुपैयाँ क्यासब्यक प्राप्त हुनेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकारी बिनय खड्काले भने, “अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको साझेदारीमा हामी उत्साहित छौं। यस आयोजनालाई सहज बनाउन हामी प्रतिबद्ध छौं। दशरथ रंगशालामा उत्साही प्रशंसकहरूको जोश र कोलाहलसँगै यो ऐतिहासिक आयोजना मनाउने पलको हामी तयार छौं!“

क्ष्क्इ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ