+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआईसीको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा, ककसले किन्न पाउँछन् ?

जनवाच
२ महिना अगाडी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले माघ २१ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको थियो । उक्त निष्कासनमध्ये बिक्री नभएको कुल ४ लाख ९२ हजार ५७७ कित्ता शेयर कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याएको हो ।

सुरुमा कम्पनीको हकप्रदमा पुस २ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर पर्याप्त मात्रामा आवेदन नपरेपछि म्याद थप गरेर पुस १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । थपिएको अवधिमा पनि हकप्रद बिक्री नभएपछि कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याउनुपरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले फागुन ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक अरिदकर्ताले न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयर खरिदका लागि नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सका कार्यालय पुतलीसडकसहित वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत र धनगढी शाखामा बोलपत्र आवेदन बुझाउन सकिनेछ । फाराम पनि सोही ठाउँमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ