काठमाडौं। संसदको हिउँदे अधिवेशन भोलि शुक्रबारदेखि शुरु हुँदैछ । सरकारको आग्रहमा संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । शुक्रबार दिउँसो १ बजे संसद बैठक बस्नेछ ।
हिउँदे अधिवेशन सुरु हुँनै लाग्दा यता संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आफ्नो सशक्त प्रस्तुति रहने बताएको छ ।
बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा भोलिदेखि सुरु हुने संसद्को अधिवेशनमा आक्रामक ढंगले जाने निर्णय गरेको हो ।
नेकपा एमालेको नेतृत्वमा संसदको दुई ठूला दल नेपाली काँग्रेस र एमालेले सरकार सञ्चालन गरिरहेका बेला संसदलाई छलेर अध्यादेशमार्फत महत्वपूर्ण ऐनहरु संशोधन भएको र देशमा व्याप्त भष्ट्राचार अनियमितता र मनलाग्दी चलेको भन्दै माओवादीको यसको कडा रुपमा संसदमा प्रतिवाद गर्ने जनाएको हो ।
केन्द्रीय समिति बैठकको निर्णयलाई मार्गदर्शक मानेर जाने गरी संसद्मा प्रस्तुत हुन अध्यक्ष प्रचण्डले सबैमा निर्देशन दिएको बताइएको छ । सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक व्यवस्था विरोधी र स्वार्थ समूहको उद्देश्य पुरा हुने गरी आएको भन्दै माओवादीले यसको तीब्र विरोध गर्ने बुझिएको छ ।