काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची प्रकाशित गरेको छ । नेप्सेको मार्जिन कारोबार सुबिधा सुम्बन्धी कार्यविधि २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुगेका १६ वाणिज्य बैंक र ६ विकास बैंकसहितको सूची आज सार्वजनिक गरेको हो ।
के हो मार्जिन कारोबार ?
शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन् ।

