+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकामा हिउमा चिप्लिएर गाडी पोखरीमा खस्दा दुई नेपालीको मृत्यु

जनवाच
३ महिना अगाडी

काठमाडौं । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् ।

जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा दुई शव फेला परेका थिए । सोही शवको पहिचान खुल्दा नेपाली रहेको पुष्टि भएको हो ।

एनबीसीका अनुसार उक्त कार हिउमा चिप्लिएर पोखरिमा खसेको थियो । कार आंशिक रूपमा हिउँ जमेको पानीमा डुब्दा चालक खड्का र यात्रु भट्ट भित्र फसेका थिए। एनबीसी वाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए । २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग आएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ