काठमाडौं । आज २०८१ मंसिर ७ गते, अमेरिकी डलर हालसम्मकै उच्च उच्च मूल्यदर कायम भएको छ । जसले गर्दा नेपाली रुपैयाँ कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४.९० रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.५० रुपैयाँ रहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो एक अमेरिकी डलरको नेपाली खरिददर १३४.७७ रुपयाँ रहेको थियो भने बिक्रीदर १३५.३७ रुपैयाँ रहेको थियो ।
त्यसैगरी अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद दर ८७.६३ रुपैयाँ र बिक्री दर ८८.०२ रुपैयाँ रहेकामा आज बढेर खरिद ८८ रुपियाँ र बिक्री ८८.३९ रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकले आजदेखि ओमानी दिरामको पनि विनिमय दर जारी गर्न शुरु गरेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार १ ओमानी रियालको खरिद ३५०.३७ रुपियाँ र बिक्री ३५१.९३ रुपैयाँ तोकिएको छ ।