+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

विनियोजन विधेयक पारित गर्ने तयारीसहित प्रतिनिधिसभा बैठक आज

जनवाच
४ घण्टा अगाडी

१० असार, काठमाडौं – देशको आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयन प्रक्रिया औपचारिक रुपमा अघि बढाउने उद्देश्यसहित आज संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा ‘विनियोजन विधेयक, २०८२’ पारित गरिने कार्यसूची तय गरिएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। साथसाथै ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने सम्भावना छ।

विनियोजन विधेयक पारित हुनुअघि प्रतिनिधिसभामा गृह, श्रम, सञ्चार, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय लगायतका शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

आजको बैठकमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। अमरेशकुमार सिंह, प्रभु साह, चित्रबहादुर केसी, जनार्दन शर्मा, दुर्गा राई, रेखा शर्मा, प्रेम सुवाल, शक्तिबहादुर केसीलगायत सांसदहरूले खर्च कटौतीको माग गर्दै दिएका प्रस्ताव बैठकमा निर्णयार्थ राखिने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ