+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

युरोप पठाउँछु, भन्दै झुक्याइ झण्डै ५२ लाख ठगी, दुई युवा पक्राउ

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, वैशाख ३० —आयरल्याण्ड र युके पठाइदिन्छु’ भन्दै आकर्षक रोजगारीको सपना देखाएर युवाहरूलाई ठगी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

बर्दिया ठाकुरबाबाका ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ताका २१ वर्षीय ललित बोहरा वैदेशिक रोजगारको नाममा झण्डै ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउदले तीन जना पीडितलाई आयरल्याण्ड पठाउने बहानामा ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके लैजाने भन्दै १० लाख रुपैयाँ असुलेका थिए। तर लामो समयसम्म झुक्याइ विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।

सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरू उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् र थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ