+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

जनवाच
८ घण्टा अगाडी

काठमाडौं – सरकारी पेन्सन प्रणालीमा नपरेका शिक्षक तथा स्थानीय कर्मचारीका लागि अब भविष्य सुरक्षाको नयाँ ढोका खुलेको छ। गोदावरी नगरपालिकाले नागरिक लगानी कोषसँग साझेदारी गर्दै नागरिक पेन्सन योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत नगरपालिकाका शिक्षक तथा कर्मचारीले अवकासपछि निश्चित पेन्सन प्राप्त गर्नेछन्।

सम्झौता अनुसार, शिक्षक तथा कर्मचारीको मासिक तलबबाट ५०० रुपैयाँ कट्टा गरिनेछ भने नगरपालिका सञ्चालित कल्याणकारी कोषबाट थप ५०० रुपैयाँ योगदान गरिनेछ। यसरी मासिक १,००० रुपैयाँ रकम नागरिक पेन्सन योजनामा जम्मा गरिनेछ, जसको लाभ उनीहरूले ६० वर्षपछि पेन्सनको रूपमा पाउनेछन्।

यस योजनालाई संस्थागत बनाउँदै गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीबीच सम्झौतामा हस्ताक्षर भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ