+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

तोक्मा एप र जीकार्डले स्वदेशी प्रविधिमा नयाँ युग सुरू, राइड शेयरिङदेखि डिजिटल भिजिटिङ कार्डसम्मको सुविधा

 तोक्मा टेक्नोलोजीजको यो पहल केवल एउटा एप र कार्डको सुरुआत होइन, डिजिटल नेपालको सपना साकार पार्ने यात्राको एक महत्वपूर्ण पाइला हो।

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, वैशाख २९ – स्वदेशमै बनेको प्रविधिको गर्विलो उपलब्धिका रूपमा तोक्मा टेक्नोलोजीजले “तोक्मा एप” र “जीकार्ड” सार्वजनिक गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोहोर्‍याउने संकेत दिएको छ। काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजित एक विशेष समारोहमा पूर्व नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको हातबाट यी दुई प्रविधि सार्वजनिक गरिएका हुन्।

घिसिङले यस अवसरमा यस्ता नवप्रवर्तनहरू ‘सामान्य एप होइन, डिजिटल युगको पूर्वाधार’ भएको उल्लेख गरे। उनका अनुसार तोक्मा एप र जीकार्डले नेपाली युवालाई रोजगारी सिर्जना मात्र होइन, सेवा–प्रवाहमा दक्षता पनि ल्याउनेछ।

३ वर्षे लगनशील अनुसन्धानपछि तयार 
तोक्मा टेक्नोलोजीका सह-संस्थापक सञ्चमान राईका अनुसार तीन वर्षसम्मको अनुसन्धान, परीक्षण र प्रयोगपछि यी उत्पादन सार्वजनिक गरिएका हुन्। कम्पनीका सीईओ सागर आङ्गेदम्बेले तोक्मालाई केवल प्रविधिको उत्पादन नभई देश रूपान्तरणको संवाहक भनेका छन् ।

तोक्मा एपले एकै स्थानमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका दैनिक सेवाहरू उपलब्ध गराएको छ। जीकार्ड भने एनएफसी प्रविधिमा आधारित डिजिटल भिजिटिङ कार्ड हो, जसले अब भौतिक कार्डको आवश्यकता हटाउनेछ।

मोबाइलमा केवल ट्याप गरेर व्यवसायिक वा व्यक्तिगत विवरण शेयर गर्न सकिने यो कार्डमा आवश्यकता अनुसार विवरण पनि परिवर्तन गर्न सकिन्छ। यसले कागजको खपत घटाउँदै वातावरण जोगाउने कामसमेत गर्ने कम्पनीको दाबी छ।

क्यान महासंघका उपाध्यक्षले स्टार्टअपलाई ‘साना व्यवसाय होइन, डिजिटल नेपालको नेतृत्वकर्ता’को रूपमा चित्रण गरे। यस्तै, तोक्माका ब्रान्ड एम्बासडर अभिनेता विल्सन विक्रम राईले सबै नेपालीलाई स्वदेशी प्रविधि अपनाउन आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ