+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

डिजिटल जीवनशैलीमा अपग्रेडको उपयुक्त मौका : रियलमी र एनसेलको नयाँ वर्ष विशेष अफर

जनवाच
७ घण्टा अगाडी

काठमाडौं, वैशाख ८ — रियलमी र एनसेलले नयाँ वर्षको सुरुवातलाई डिजिटल र कनेक्टेड बनाउँदै “न्यु इयर, न्यु मी” अभियान सार्वजनिक गरेका छन्। प्रविधि र संचारको एकसाथ उपयोग गराउन ल्याइएको यो योजना नयाँ स्मार्टफोन र स्मार्ट कनेक्टिभिटी खोज्नेहरूका लागि निकै उपयोगी बन्न सक्छ।

यस विशेष अफर अन्तर्गत, रियलमी C75 स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेलको सात दिनको अनलिमिटेड डाटा र ५० मिनेट निःशुल्क टक टाइम प्राप्त गर्नेछन्। नयाँ वर्षको अवसरमा डिजिटल लाइफस्टाइलमा अपग्रेड गर्ने सोच बनाइरहेका प्रयोगकर्ताहरूका लागि यो योजना आकर्षक अवसर सावित हुन सक्छ।

रियलमी C75 दुई फरक स्टोरेज विकल्पमा उपलब्ध छ

  • ८GB+१२८GB भेरिएन्टको मूल्य रु. २६,९९९

  • ८GB+२५६GB भेरिएन्टको मूल्य रु. २९,९९९

यो फोनमा रहेको ६००० एमएएचको पावरफुल ब्याट्री, आइपी६९ प्रमाणित वाटरप्रुफ, डस्टप्रुफ र ड्रपप्रुफ डिजाइनले यसलाई शक्तिशाली मात्र होइन, टिकाउ र भरपर्दो पनि बनाएको छ। त्यसैले, फोरजी र VoLTE प्रयोगकर्ताहरूका लागि यो फोन भरपर्दो विकल्प बन्न सक्छ।

यो योजना देशभरका रियलमीका आधिकारिक स्टोरहरूमा सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ