+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

तीनकुने घटनाबाट पाठ सिक्दै प्रहरी, आन्तरिक कमजोरी पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन

जनवाच
८ घण्टा अगाडी

काठमाडौं – तीनकुनेमा चैत १५ गते भएको राजावादी समूहको प्रदर्शनले राजनीतिक र सामाजिक क्षेत्र मात्र होइन, सुरक्षा संयन्त्र भित्रको तयारी र प्रतिक्रिया क्षमतामाथि पनि प्रश्न उठाएको छ। त्यसैलाई ध्यानमा राख्दै प्रहरी प्रशासनले आन्तरिक समीक्षा थालेको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेर घटनाको सम्पूर्ण पृष्ठभूमि, तयारी, र प्रहरीको भूमिकाबारे विश्लेषण गरिरहेको छ।

एक प्रहरी अधिकृतका अनुसार, यो विशुद्ध आन्तरिक अनुगमन प्रक्रिया हो र यसको उद्देश्य भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रहरी संगठन भित्रको कमजोरी पहिचान गरी सुधारका उपाय तय गर्नु हो।

चैत १५ मा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन नियन्त्रण बाहिर जाँदा दुई जनाको मृत्यु, २० जना गोली लागेर घाइते, अनि सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड भएको थियो। यति ठूलो क्षति हुँदा प्रहरीको तयारी र प्रतिक्रिया प्रणाली कति प्रभावकारी थियो भन्नेमा प्रश्न उठ्नु स्वाभाविक थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ