+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

राजनीति मात्रै होइन, खेलमैदानमा पनि चम्किए कमल थापा

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत ३० –राजनीतिक नेतृत्वमा सक्रिय राप्रपा नेपालका अध्यक्ष कमल थापा खेलकुदको मैदानमा पनि उत्तिकै चम्किन सक्ने क्षमता भएको फेरि प्रमाणित गरेका छन्। काठमाडौंको मण्डिखाटारमा सम्पन्न “Amateur Tennis Tournament–2025” मा थापाले ६५ वर्ष उमेर समूह अन्तर्गत सिंगल र डबल्स दुवै उपाधि आफ्नो नाममा लेखाएका छन्।

सिंगल्स फाइनलमा थापाले कर्मा घलेलाई ६–०, ६–० को एकतर्फी सेटमा हराउँदै उपाधि जिते। डबल्सतर्फ झ्याम्पा डोन्डुपसँगको उनको जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६–२, ६–३ को सहज सेटमा पराजित गर्दै दोहोरो उपाधि कब्जा गरे।

राजनीतिमा दृढ धारणा र निष्ठाका साथ सक्रिय थापा टेनिस खेलमा पनि लामो समयदेखि भेट्रान वर्गमा अग्रस्थानमै रहँदै आएका छन्। खेलप्रतिको उनको लगाव र नियमित अभ्यासले यो सफलता सम्भव भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ