काठमाडौं । नागरिक लगानी कोषले ऊर्जा क्षेत्रमा आफ्नो लगानी सुरक्षाको लागि सभापोखरी हाइड्रोपावर लिमिटेडसँग सेयर प्रत्याभूति सम्झौता गरेको छ। यस सम्झौताले हाइड्रोपावर कम्पनीलाई पूँजी जुटाउन मद्दत गर्नेछ भने लगानीकर्तालाई सुरक्षित लगानीको अवसर प्रदान गर्नेछ।
बुधबार सम्पन्न हस्ताक्षर समारोहमा नागरिक लगानी कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा १० लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ, जसको कुल मूल्य रू. १० करोड ७५ लाख हुन्छ।