काठमाडौँ, २० चैत – आजको दिन कसका लागि शुभ रहनेछ त? कोहीले नयाँ अवसर पाउनेछन् भने कोहीले हतारमा निर्णय नलिनु नै उचित हुनेछ। ज्योतिषीय गणना अनुसार, आजका ग्रह-नक्षत्रले विभिन्न राशिलाई छुट्टाछुट्टै प्रभाव पार्ने संकेत देखाएका छन्। मेष : कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। व्यवहारिक पक्षमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अङ्क ६ रहेको छ। वृष :मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आत्तिएर निर्णय नलिनुहोला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। कर्कट :व्यापार तथा आर्थिक क्षेत्र मजबुत बन्नेछ, नयाँ जिम्मेवारी पाइनेछ।प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ। मिथुन :कार्यक्षेत्रमा धेरै दौडधुप गर्नुपर्ला। छरछिमेकीहरूसँग आत्मीय सम्बन्ध बढ्नेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनु भन्दा पहिला शुभचिन्तकहरूको सल्लाह लिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ। शिह:नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्। सहयोगीहरूबाट सहयोग मिल्नेछ। कानुनी मामलाहरूमा सतर्क रहनुहोला। लगनशीलताले शत्रुहरू आफैं पन्छिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ। कन्या : द्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आर्थिक पक्ष सबल रहनुको साथै कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। तुला: मेहनत गर्दा समयअनुसार लक्ष्य प्राप्ति हुनेछ। व्यापार व्यवसायमा अति आत्मविश्वासमा आएर गलत निर्णय हुन सक्ला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ। वृश्चिक :साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। भौतिक संसाधनहरू संग्रह हुनेछन्। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ। धनु :एकाग्रताको साथ मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। मकर : घर वा कार्यक्षेत्रमा सामन्जस्य बनाउन गाह्रो रहनेछ। साझेदारी व्यापारमा आपसी मतभेद हुने सम्भावना रहेको छ। सोशल मिडियाको खबरलाई धेरै चासो नदिनुहोला। स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ९ रहेको छ। कुम्भ :विगतमा गरिएको निर्णयले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ। मीन: सरकारी क्षेत्रमा पदोन्नतिका योग छन्। व्यावहारिक जीवन आनन्दमय रहनेछ। विद्यार्थीहरूलाई कानुनी शिक्षामा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ९ रहेको छ। आजको दिन मेहनत गर्नेहरूका लागि अवसरका ढोका खुल्नेछन् भने अनावश्यक हतार गर्नेहरूले समस्या भोग्न सक्छन्। आफ्नो राशि अनुसार सही निर्णय लिनुहोस् र दिनलाई सकारात्मक बनाउनतिर लाग्नुहोस्। तपाईंको दिन शुभ रहोस्!