+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल आयल निगमद्वारा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाइयो

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १९ – उपभोक्ताका लागि खुसीको खबर! नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। नयाँ मूल्य आजदेखि लागू हुने निगमले जनाएको छ।

कति घट्यो मूल्य?
नयाँ समायोजनअनुसार:
डिजेल र मट्टितेल – प्रतिलिटर २ रुपैयाँले घट्यो
हवाई इन्धन (आन्तरिक) – ७ रुपैयाँले घट्यो
हवाई इन्धन (अन्तर्राष्ट्रिय) – ५१ अमेरिकी डलरले घट्यो

निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरेको जनाएको छ। पेट्रोलको मूल्य भने यथावत् रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ