+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रतिनिधि सभा बैठक बस्दै : कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको आजको बैठक विधेयक टेबुल गर्ने र छलफल गर्ने प्रक्रियामा केन्द्रित रहने देखिए पनि विपक्षीको अवरोधले बैठकको कार्यसूची प्रभावित हुन सक्ने  छ ।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । पछिल्ला केही बैठकहरूमा प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका छन् भने आजको बैठकमा पनि त्यही स्थिति दोहोरिने सम्भावना देखिएको छ ।

बिहीबार, शुक्रबार र आइतबार बसेका बैठकमा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका थिए । यदि आज पनि जवाफ नआए बैठक पुनः अवरुद्ध गर्ने चेतावनी विपक्षी दलहरूले दिएका छन् । प्रधानमन्त्रीले आजको बैठकमा जवाफ दिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

आजको बैठकमा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिँदै छन् । राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० टेबुल गरिनेछ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै, उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि अघि सार्नेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ